२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्ष र सचिवसहित चार जना पक्राउ, थप अनुसन्धान जारी

अ+ अ-

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएको आरोपमा वडाध्यक्ष, वडा सचिवसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी तथा अन्य दुई जना रहेका छन् । जिल्ला अदालत नवलपरासीबाट पक्राउ अनुमति जारी भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिएका छन् ।

यस प्रकरणमा झुटा विवरण पेस गरी मृत्यु दर्ता गराएको आरोपमा सुस्ता गाउँपालिका-५ निवासी ३१ वर्षीय तारिख मियाँ अन्सारी यसअघि नै पक्राउ परिसकेको प्रहरीले जनाएको छ । अन्सारीले आफ्नो पिताको मृत्यु भएको दाबी गर्दै अर्का ६६ वर्षीय व्यक्तिको मृत्यु दर्ता गराएको आरोप छ ।

प्रहरीका अनुसार अन्सारीका पिताको भने सन् २०६० सालमै मृत्यु भइसकेको थियो । मृत्यु दर्ता भएको जानकारी पाएपछि पीडित पक्षका छोराले गत वर्ष चैत महिनामा प्रहरीमा उजुरी दिएका थिए, जसपछि अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

त्यसैगरी मृत्यु दर्ता प्रक्रियामा साक्षीका रूपमा हस्ताक्षर गर्ने सुस्ता-५ का ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् ।

अन्य सात जना साक्षी भने हाल फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रहरीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुटा विवरण पेस गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो । अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

0 Comments