२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख अर्याल र राष्ट्रसंघीय संयोजक याहियाबिच भेटवार्ता, जलवायु न्याय र युवा सहभागितामा जोड

अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाबिच शिष्टाचार भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबिचको सहकार्य, युवा सहभागिता, लैंगीक समानता, शिक्षा तथा जलवायु परिवर्तनका विविध पक्षमा विस्तृत छलफल भएको छ ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल सरकार र संघीय संसद संयुक्त राष्ट्रसंघसँगको समन्वय र सहकार्यका लागि सदैव प्रतिबद्ध रहेको बताए । 

उनले पछिल्लो आम निर्वाचनपछि प्रतिनिधि सभामा युवाहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता हुनु नेपालको लोकतान्त्रिक अभ्यासको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । सभामुख अर्यालले जेन जेड पुस्ताको सक्रिय भूमिकाले संसदलाई थप ऊर्जावान् बनाएको बताउँदै अबको प्राथमिकता विकास, सुशासन र परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । 

समावेशी लोकतन्त्र सुदृढीकरणका लागि महिला सहभागिता अपरिहार्य रहेको चर्चा गर्दै उनले वर्तमान संवैधानिक व्यवस्थालाई थप बलियो बनाउँदै भविष्यमा महिला-पुरुषको ५०-५० प्रतिशत प्रतिनिधित्वतर्फ उन्मुख हुने लक्ष्य रहेको जानकारी दिए ।

सभामुख अर्यालले जलवायु परिवर्तनको गम्भीर असरबारे चर्चा गर्दै नेपाल न्यून कार्बन उत्सर्जन गर्ने राष्ट्र भए तापनि हिमालहरू पग्लिने र विपद्का घटना बढ्नेजस्ता ठुला समस्या भोगिरहेको बताए । 

उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायका लागि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै पर्वतीय पारिस्थितिकीय प्रणालीको संरक्षणमा अन्तर्राष्ट्रिय समुदायको थप सहयोगको अपेक्षा गरेका छन्। 

साथै, शान्ति स्थापना मिसनमा नेपालको अग्रणी योगदानको स्मरण गर्दै उनले अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धिहरूका सन्दर्भमा राष्ट्रिय हित अनुरूप अध्ययन गरी उपयुक्त निर्णय लिने प्रतिबद्धता समेत व्यक्त गरे ।

भेटमा आवासीय संयोजक याहियाले संयुक्त राष्ट्रसंघका महासचिव र नेपालस्थित युएन टिमको तर्फबाट सभामुख अर्याललाई बधाई ज्ञापन गर्दै नेपालको लोकतान्त्रिक उपलब्धिको प्रशंसा गरेकी छन्। 

उनले धेरै मुलुकहरूमा युवा आन्दोलन भए तापनि नेपालमा जस्तो संसद् र सरकारमै युवाहरूको संस्थागत प्रतिनिधित्व हुनु विश्वकै लागि उदाहरणीय भएको धारणा राखिन् । याहियाले नेपालमा लैंगीक समानता र समावेशिताका क्षेत्रमा भएको प्रगति सकारात्मक रहेको बताउँदै कानुन निर्माण र क्षमता अभिवृद्धिमा राष्ट्रसंघले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

शिक्षा क्षेत्रको चुनौतीबारे चर्चा गर्दै उनले विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या र शैक्षिक गुणस्तरमा सुधार ल्याउन मानव पूँजी विकासमा लगानी बढाउनुपर्ने सुझाव दिइन् । हिमाली क्षेत्रको भ्रमण अनुभव साझा गर्दै आवासीय संयोजक याहियाले हिमाल तथा हिमताल पग्लिने क्रम नाटकीय र चिन्ताजनक रहेको बताइन् ।

उनले जलवायु परिवर्तनले रैथाने कृषि र सांस्कृतिक सम्पदामा पारेको असर न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघले साधारण सभा र विभिन्न प्रस्तावमार्फत नेपाललाई जलवायु न्याय र दिगो विकासका क्षेत्रमा आवश्यक सहयोग गर्ने बताइन् । 

0 Comments