२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनपांग्रे सवारीका चालकको आन्दोलन फिर्ता

अ+ अ-

चितवन । चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् ।

बुधबार साँझ निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएपछि तीनपांग्रे सवारी चालकले आन्दोलन स्थगित गरेका हुन् ।

साथै यसअघि महानगरपालिकाले कायम गरेको १८ वटा क्रसिङ प्वाइन्टसहितको सवारी रुटअनुसार नै सवारी सञ्चालन गर्ने सहमतिसमेत भएको भरतपुर महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

साथै उक्त रुटमा सवारी सञ्चालनमा कुनै समस्या भएमा सहजताका लागि भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहको संयोजकत्वमा एक कार्यदल समेत गठन गरिएको छ ।

उक्त बैठकले बुधबार प्रहरी र सवारी चालकबीच भएको झडपको घटनाप्रति दुःख व्यक्त गर्दै गोली लागी घाइते भएका नवलपुरको गैँडाकोट–४ का ३० वर्षीय महेन्द्र सुनारको उपचार भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको समन्वय र व्यवस्थापनमा गर्ने निर्णय भएको छ ।

यसअघि महानगरको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका तीनपांग्रे सवारी चालक र प्रहरीबीच बुधबार भरतपुरमा झडप हुँदै १५ सुरक्षाकर्मीसहित १९ जना घाइते भएका थिए ।

आन्दोलनकारीले ना १६ प ९४०७ नंको मोटरसाइकल जलाएका छन् भने पार्किङ गरिराखेको बा १६ च १९३८ नं.को कार र ना १ ज ४९७५ नंको म्याजिक भ्यानसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।

गत साउन ५ गतेको निर्णयअनुसार भरतपुर महानगरले भरतपुरको मुख्य सडकमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । रासस