२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस्ती हटाउने कार्यप्रति विपक्षी दलहरूको असहमति, वैकल्पिक व्यवस्थाको माग

अ+ अ-

काठमाडौँ । सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको पहिचान, तथ्यांक संकलन र पुनर्स्थापनाको व्यवस्था नगरी विभिन्न स्थानमा बस्ती हटाउने कार्य अघि बढाइएको भन्दै विपक्षी दलहरूले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।

बिहीबार बिहान बसेको विपक्षी दलहरूको संयुक्त बैठकले यस विषयमा औपचारिक विरोध जनाउने निर्णय गरेको हो। बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दलहरूको सहभागिता रहेको जनाइएको छ।

बैठकपछि जारी निर्णयअनुसार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बसोबास गरिरहेका नागरिकको वास्तविक अवस्था अध्ययन नगरी तथा वैकल्पिक आवासको सुनिश्चितता नगरी हटाउने अभियान तीव्र पारिएकोप्रति गम्भीर चासो व्यक्त गरिएको छ।

विपक्षी दलहरूले यस्तो कदमले प्रभावित समुदायमा असुरक्षा, भय र त्रासको वातावरण सिर्जना गरेको बताएका छन्।

उनीहरूले बस्ती हटाउने प्रक्रियाबाट बालबालिका, गर्भवती महिला, सुत्केरी, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर परिवार बढी प्रभावित भएको उल्लेख गरेका छन्।

विपक्षी दलहरूले नेपालको संविधानले प्रत्येक नागरिकलाई आवासको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै बस्ती व्यवस्थापनका विषयमा मानवीय, कानुनी र व्यवस्थित दृष्टिकोण अपनाउन सरकारसँग माग गरेका छन्।

0 Comments