१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तान मतगणना : पूर्व क्रिकेटर खानको प्रारम्भिक अग्रता

अ+ अ-

इस्लामावाद । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक नतिजामा पूर्व क्रिकेटर इमरान खानको पार्टीलाई बहुमत प्राप्त हुने संकेत देखिएको छ ।

पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै हालसम्मका अनाधिकृत, अपूर्ण चुनावी परिणामहरुलाई स्वीकार गर्न नसकिने जनाएको छ ।

मतगणना जारी रहेपनि खानका समर्थकहरु सडकमा नाराबाजी गर्दैै खुशीयाली मनाउन थालेका छन् । विपक्षी दलहरुले भने सैनिकको सहयोगमा चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

स्थानीय सञ्चारमाध्यमले चुनाव सकिएको १३ घण्टाभन्दा बढीको अवधिमा आधाभन्दा कममात्र मतगणना भएको जनाएका छन् र यो अनपेक्षित ढिलाईले चुनावी नतिजाको वैधानिकतामा नै प्रश्न उब्जिने खतरा बढेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

पाकिस्तान चुनाव आयोगले चुनावमा धाँधली भएको भन्ने आरोपको खण्डन गर्दै सफ्टवेयरमा समस्या आएका कारण चुनावी परिणाम घोषणामा ढिलाई भएको स्पष्ट गरेको छ । “यो चुनाव १०० प्रतिशत निष्पक्ष र पारदर्शी रुपमा सम्पन्न भएको छ,” प्रमुख निर्वाचन आयुक्त सरदार मुहम्मद राजाले बताए ।

राजाले चुनावको परिणाम कहिले घोषणा गरिन्छ भन्ने जानकारी दिन अस्वीकार गरे ।

सन् २०१३ देखि नै सत्तामा रहेको पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) ले चुनावी परिणामलाई “खुलेआम धाँधली” को संज्ञा दिँदै यस परिणामलाई स्वीकार्न नसकिने जनाएको छ, र यस नतिजाका बिरुद्धमा राजनीतिक एवं कानुनी विकल्प प्रयोग गरिने स्पष्ट गरेको छ ।

“आजको यस घटनाक्रमले पाकिस्तानलाई ३० वर्षअघिको अवस्थामा फर्काएको छ । आमजनता यसलाई स्वीकार्न तयार छैनन्” पार्टी नेता शहबाज शरिफले भने ।

कुनै समय पाकिस्तानको प्रमुख राजनीतिक शक्तिका रुपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले समेत चुनावमा व्यापक धाँधली भएको आरोप लगाएको छ । आफ्नो पार्टीका प्रतिनिधिहरुलाई मतगणना स्थलमा प्रवेश गर्न समेत नदिइएको सो पार्टीका अध्यक्ष बिलावल भुट्टोले ट्वीटमार्फत जानकारी गराएका छन्।

कूल २७० स्थान रहेको राष्ट्रिय सभामा सरकार गठनका लागि १३७ स्थान आवश्यक छ ।

चुनावमा दिनहुँ हिंसात्मक घटना हुन थालेपछि देशभरका ८५,००० मतदान स्थलमा करिब ३५०,००० सुरक्षाकर्मी परिचालन गरिएको थियो । राष्ट्रिय सभाका २७० स्थान र चारवटा प्रान्तीय सभाका ५७७ स्थानका लागि ११,००० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस