२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु

अ+ अ-

पर्वत । पर्वतको फलेवास नगरपालिकामा आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई विभिन्न रोगव्याधिको सङ्क्रमणबाट मुक्त राख्नका लागि आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो ।

वृद्धवृद्धाहरूको रक्तचाप, मधुमेह, मुटु, मिर्गौला रोगको परीक्षण, रगत, दिशा, पिसाब, खकारलगायतको जाँच, पोषण अवस्थाको लेखाजोखालगायत अन्य रोगको उपचार तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकालाई उपचारका लागि अस्पताल रिफरसमेत गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । 

गत शुक्रबारदेखि वडा नं ४ मुडिकुवाबाट सुरुआत भएको यो कार्यक्रम ११ वटै वडामा सञ्चालन हुने भएको छ । जसमा चिकित्सकसहित स्वास्थ्यकर्मीहरू नगरका सबै घरधुरीमा पुग्ने भएका छन् । वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगीहरूले सेवन गर्दै आएको औषधिको मात्रा, उपभोग्य मिति, उपभोग गर्ने समयलगायतका बारेमा समेत जानकारी गराइने फलेवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिए ।  

पछिल्लो समय गाउँमा युवा पुस्ता शून्य प्राय: छन् । गाउँमा वृद्धवृद्धामात्र रहेको अवस्थामा उनीहरू सामान्यदेखि जटिल रोग लागेमा पनि अस्पतालसम्म पुगेर उपचार सेवा लिन सक्दैनन् । जसका कारण लामो समयदेखि विभिन्न रोगले सङ्क्रमित भएर बसिरहनुपर्ने अवस्थाको अन्त्यका लागि चालु आर्थिक वर्षदेखि आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको सापकोटाले बताए। 

मुडीकुँवाबाट सुरु भएको अभियान थापाठाना, शंकरपोखरी, कार्कीनेटा, खानीगाउँ, देवीस्थान, लिमिठाना, ठानामौला, भँगरा, कुर्घा र पाङराङमा पुगेर टुङ्गिने भएको छ । हरेक छ/छ महिनामा नियमित स्वास्थ्य परीक्षणका लागि यो अभियान थालिएको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए। गत वर्ष पनि झण्डै १० हजार नागरिकको स्वास्थ्य परीक्षण गरिएकोमा यस वर्ष त्योभन्दा बढीलाई सेवा दिन लक्ष्य राखिएको छ । 

ज्येष्ठ नागरिकसँगै ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ । उपचारका क्रममा नि:शुल्क औषधि वितरण गरिनुका साथै जटिल रोग लागेका बिरामीलाई नगरपालिकाकै एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्‍याउने व्यवस्थासमेत गरिने नगरप्रमुख तिवारीले बताए। आर्थिक अभावका साथै अस्पताल सम्म लैजान आफन्तजनको अभावमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका वा अन्य असहाय नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने नगरपालिकाको मुख्य उद्देश्य रहेको नगरप्रमुख तिवारीको भनाइ रहेको छ । 

नगरपालिका भए पनि अधिकांश ग्रामीण बस्ती रहेको फलेवासमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव रहेको छ । नगरका अधिकांश वडामा रहेका स्वास्थ्य चौकीमा अहेबको भरमा सञ्चालित छन् । सरकारले नि:शुल्क ९८ प्रकारका औषधि वितरण गर्ने भनिए पनि मुस्किलले ४० प्रकारका औषधि मात्र स्वास्थ्य संस्थाहरूमार्फत वितरण हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

वडाबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नभइरहेको बेला चिकित्सकसहितको टोली घरघर र टोलटोलमा पुगेर ज्येष्ठ नागरिकसहित ३० वर्षमाथिका सबैको स्वास्थ्य परीक्षण  गर्ने कार्यक्रमले नगरवासीहरूलाई स्वास्थ्य राख्न मद्दत पुग्ने वडा नं ८ ठानामौलाका वडाध्यक्ष मनबहादुर कुँवरले बताए ।

0 Comments