२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

अ+ अ-

कञ्चनपुर । यहाँको पुनर्वास नगरपालिका–७ स्थित  इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार गएराती न्यु जनता इँटा उद्योगमा काम गर्ने मजदुरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिएको से १ त ८८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोक्किएको थियो ।

सो क्रममा भारत उत्तर प्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् । त्यसैगरी ९ वर्षीय पवन कुमारको पनि उपचारका क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै मृतकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

दुर्घटनामा गम्भीर घाइते ११ वर्षीय बालक घुर्रा कुमारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनापछि ट्याक्टर र पानी छर्किने ट्यांकर इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको छ भने ट्याक्टर चालक फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

0 Comments