२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ट्रु कलर’ प्रयोग गरी साइबर ब्युरोको नाममा ठगी गर्ने चार जना पक्राउ

अ+ अ-

काठमाडौँ । मोबाइल एप ‘ट्रु कलर’मा आफूलाई साइबर ब्युरोका प्रतिनिधि जस्तो देखिने गरी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-३ का ३० वर्षीय दीपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका-९ का २१ वर्षीय सौरव भुजेल, २८ वर्षीय सजल राई तथा इनरुवा नगरपालिका-६ का २४ वर्षीय सृजन थापा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले साइबर ब्युरोको नाम दुरुपयोग गर्दै ‘ट्रु कलर’ एपमा सोही पहिचान देखिने गरी सेटअप गरेर सर्वसाधारणलाई फोन गर्ने गरेका थिए। यसरी सम्पर्कमा आएका व्यक्तिलाई डर देखाउने वा प्रलोभन दिने तरिकाबाट रकम स्थानान्तरण गर्न लगाई विद्युतीय माध्यममार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडितबाट उजुरी प्राप्त भएपछि प्राविधिक विश्लेषणमार्फत उनीहरूको संलग्नता पहिचान गरिएको प्रहरीले जनाएको छ। त्यसपछि खटिएको टोलीले इलाका प्रहरी कार्यालय, धरानसँगको समन्वयमा उनीहरूलाई वैशाख १९ गते नियन्त्रणमा लिएको हो।

उक्त प्रकरणमा विद्युतीय कारोबारसम्बन्धी ठगी कसुरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप स्वीकृत भई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

0 Comments