१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा भूमिहीन तथा सुकुम्वासीको प्रदर्शन, वैकल्पिक व्यवस्थाबिना बस्ती नहटाउन माग

अ+ अ-

काठमाडौँ । झापाको कमल गाउँपालिकामा भूमिहीन तथा सुकुम्वासी समुदायले बसोबास अधिकार र वैकल्पिक व्यवस्थाबिना बस्ती नहटाउनुपर्ने माग राख्दै सोमबार प्रदर्शन गरेका छन्।

भूमि अधिकार तथा श्रमिक संगठनको समन्वयमा भएको उक्त विरोध कार्यक्रममा सहभागीहरूले गाउँपालिकाका विभिन्न क्षेत्रबाट भेला भएर सरकारको पछिल्लो बस्ती हटाउने अभियानप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूले काठमाडौँलगायत देशका विभिन्न स्थानमा सुकुम्वासी बस्तीहरूमा डोजर प्रयोग गरी बस्ती हटाइँदा प्रभावित परिवारको दैनिक जीवन थप कठिन बनेको आरोपसमेत लगाएका छन्।

कार्यक्रममा सहभागीहरूले भूमिहीन तथा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई विकल्पविहीन रूपमा विस्थापित गर्नु नहुने धारणा राख्दै उनीहरूको आवास अधिकार सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले भूमिहीन नागरिकलाई सम्मानजनक जीवनयापनको आधार तयार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदर्शनपछि आन्दोलनकारीहरूको प्रतिनिधिमण्डलले गाउँपालिका कार्यालय पुगेर उपाध्यक्ष प्रमीला न्यौपाने तिवारीलाई मागसहितको ज्ञापन पत्र बुझाएको भूमि अधिकार तथा श्रमिक संगठनका अध्यक्ष दीपक गौतमले जानकारी दिएका छन्।

पछि आयोजित कोणसभामा वक्ताहरूले केही स्थानमा सार्वजनिक जग्गा अतिक्रमणका घटनालाई आधार बनाएर सम्पूर्ण भूमिहीन तथा सुकुम्वासी समुदायलाई एकै नजरले हेर्ने र अपराधीकरण गर्ने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएका थिए। उनीहरूले वास्तविक भूमिहीन र दशकौँदेखि स्थायी रूपमा बसोबास गर्दै आएका परिवारका समस्यालाई छुट्टै ढंगले समाधान गर्नुपर्ने आवश्यकता औँल्याए।

वक्ताहरूले भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थित बसोबासको दीर्घकालीन व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। साथै, बल प्रयोगका आधारमा समस्या समाधान खोज्दा सामाजिक असन्तोष थप बढ्ने भन्दै मानवीय दृष्टिकोण अपनाउन आग्रह गरिएको छ।

स्थानीय तह तथा संघीय सरकारलाई संयुक्त रूपमा भूमिहीन तथा सुकुम्वासी समुदायको समस्या समाधानमा दीर्घकालीन, व्यवस्थित र न्यायोचित नीति अवलम्बन गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

0 Comments