२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै

अ+ अ-

काठमाडौँ । अर्थतन्त्रको गतिविधि सुस्त रहँदा र कर्जाको माग अपेक्षाकृत कमजोर हुँदा बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता केन्द्रीय बैंकतर्फ केन्द्रित भइरहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत उक्त रकम व्यवस्थापन गरिरहेको जनाएको छ।

केन्द्रीय बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाबाट करिब १० खर्ब ९ अर्ब रुपैयाँ बराबरको रकम राष्ट्र बैंकमा संकलित छ। यो रकम निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा तथा राष्ट्र बैंकद्वारा जारी ऋणपत्रमार्फत व्यवस्थापन गरिएको हो। विवरणअनुसार करिब ७ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणबाट, २ खर्ब रुपैयाँ राष्ट्र बैंक ऋणपत्रमार्फत र करिब ५५ अर्ब ३० करोड रुपैयाँ स्थायी निक्षेप सुविधामार्फत तानिएको छ।

तरलता व्यवस्थापनकै निरन्तरतामा केन्द्रीय बैंकले पुनः अल्पकालीन उपकरण प्रयोग गर्दै थप रकम संकलन गर्ने तयारी गरेको छ। यसक्रममा ४४ दिने अवधिको २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने योजना रहेको छ। यसअघि वैशाख १७ गते ९७ दिने अवधिको १ खर्ब २० अर्ब रुपैयाँ बराबरको उपकरण जारी गरिएको थियो।

राष्ट्र बैंकले दिएको जानकारी अनुसार हाल वित्तीय प्रणालीमा करिब ४३ अर्ब रुपैयाँ तरलता उपलब्ध रहेको छ। यद्यपि, यसअघि संकलित रकम परिपक्व हुँदै जाने क्रमसँगै पुनः बजारबाट रकम खिच्ने आवश्यकता परेको हो।

सामान्यतया बैंक तथा वित्तीय संस्थाहरूले प्रणालीमा अधिक तरलता भएको अवस्थामा अल्पकालीन रूपमा स्थायी निक्षेप सुविधा प्रयोग गरी केन्द्रीय बैंकमा रकम राख्ने गर्छन्। निक्षेप संकलन उपकरणमार्फत भने केन्द्रीय बैंकले कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा रकम विनियोजन गर्छ।

मौद्रिक नीति कार्यान्वयनका क्रममा केन्द्रीय बैंकले तरलता अधिक हुँदा निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधा प्रयोग गरी रकम बजारबाट झिक्ने र अभाव हुँदा रिपो तथा स्थायी तरलता सुविधामार्फत बजारमा रकम प्रवाह गर्ने गर्दछ। हाल ब्याजदर करिडोर अन्तर्गत बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत कायम रहेको छ।

0 Comments