२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा चिनियाँ विद्यार्थी फु च्याङलाई अन्तर्राष्ट्रिय सांस्कृतिक दूतको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान-प्रदान दूतका रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ । 

विश्वविद्यालय प्रशासनले उनलाई उक्त जिम्मेवारीसहितको प्रमाणपत्र उपकुलपति प्राध्यापक डा सुवर्णलाल बज्राचार्यमार्फत प्रदान गरेको हो ।

विश्वविद्यालयका अनुसार फु च्याङले विदेशी विद्यार्थी भर्ना प्रवर्द्धन, अन्तरसांस्कृतिक सहकार्य विस्तार तथा शैक्षिक पहुँच अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका कारण उनलाई उक्त दायित्व प्रदान गरिएको हो ।

सन् २०२५ देखि सोही विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययनरत उनले अध्ययनसँगै सामाजिक तथा विकासमूलक गतिविधिहरूमा पनि सक्रियता देखाउँदै आएका छन् ।

चीनबाट प्राप्त सहयोग परिचालन गर्दै उनले ग्रामीण क्षेत्रमा खानेपानीको लागि इनार निर्माण तथा विश्वविद्यालयको पुस्तकालय सुदृढीकरणमा योगदान पुर्‍याएको जानकारी विश्वविद्यालयले दिएको छ ।

नवनियुक्त दूत फु च्याङले बौद्ध दर्शनको अध्ययनलाई थप गहिरो बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा बौद्ध शिक्षाको विस्तारमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपालस्थित एक मात्र बौद्ध विश्वविद्यालयको पहिचानलाई विश्वस्तरमा प्रवर्द्धन गर्दै बौद्ध धर्मको मूल सन्देशलाई व्यापक रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको पनि बताएका छन् ।

विश्वविद्यालयले यस नियुक्तिले अन्तर्राष्ट्रिय सहकार्य र सांस्कृतिक आदान–प्रदानका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा लिएको छ ।

0 Comments