२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिक्दै, कमाउँदै मंगला माविका विद्यार्थी

अ+ अ-

म्याग्दी । म्याग्दीको बाबियाचौरमा रहेको मंगला माध्यमिक विद्यालयका विद्यार्थीहरूले हाँसिल गरेको प्राविधिक शिक्षालाई व्यवहारिक रूपमा प्रयोग गरेर व्यावसायिक रूपमा तरकारी खेती गरी आम्दानी गर्न थालेका छन् । 

मंगला गाउँपालिका–२ स्थित उक्त विद्यालयको प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरूले जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् । विद्यालयको कृषि प्राविधिकका संयोजक करन कँडेलले विद्यार्थीहरूले प्रयोगात्मक अभ्यासका लागि गरेको तरकारी खेतीबाट आम्दानी पनि गर्न थालेका जानकारी दिए । 

“कक्षा कोठामा विद्यार्थीले हासिल गर्ने सैद्धान्तिक ज्ञानलाई दिगो र व्यवहारिक बनाउन प्रयोगात्मक अभ्यासका लागि दुई रोपनी जग्गामा मौसम अनुसारका तरकारी खेती गरेका छौँ”, उनले भने, “विद्यार्थीले उत्पादन गरेको तरकारी विद्यालयकै चमेनागृह, छात्रावास, विद्यार्थीको घरायसी उपभोगका साथै बाबियाचौर बजारमा बिक्री गर्दै आएका छन् ।”

हिजोआज जिरीको साग बेचिरहेका विद्यार्थीहरूले जुकेनी फर्सी, गोलभेँडा, तितेकरोला र खुर्सानीको पनि खेती गरेका छन् । ताजा तरकारीका साथै यामअनुसार नर्सरीमा बिरुवा उत्पादन गरेर बेच्ने पनि गरेका छन् । एक सिजनमा रु ५० हजार सम्मको तरकारी उत्पादन गर्छन् । 

कक्षा ९ का विद्यार्थी देविना पुनले सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास गर्दा पढेको विषयवस्तुलाई बुझ्न सजिलो भएको बताइन् । बागलुङबाट कृषि विषय अध्ययनका लागि मंगला माविमा आएकी प्रतिज्ञा विकले प्राविधिक शिक्षाका साथै उत्पादनलाई बजारीकरण र व्यावसायिक गर्ने ज्ञान र सीप हासिल गर्न पाउँदा भविष्यमा स्वरोजगार र आत्मनिर्भर बन्न सकिने आत्मबल बढेको बताइन् । 

अर्का विद्यार्थी नविन सुनारले पढाइसँगै आयआर्जन गर्ने र व्यावसायिक बन्ने व्यवहारिक ज्ञान, सीप हासिल गर्न पाएको अनुभव सुनाए। यस विद्यालयमा विसं २०७६ देखि प्राविधिक धारतर्फ कृषि विषयमा पठनपाठन सुरु भएको थियो । कक्षा ९ देखि १२ सम्म कृषि विषयको पठनपाठन हुने गरेको छ । 

हालसम्म ५० जनाभन्दा बढीले कक्षा १२ उत्तीर्ण गरेका र हाल ५२ जना विद्यार्थी कृषि प्राविधिक विषय अध्ययन गरिरहेका प्रधानाध्यापक गमबहादुर खत्रीले बताए। बाबियाचौरका साथै अर्मन, कुहुँ, बरङ्जा र बेनी नगरपालिकाबाट कृषि विषय पढ्नका लागि विद्यार्थीहरू आएका उनले बताए।

0 Comments