२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढानीलकण्ठ वडा नं. १ लाई ‘आईएसओ ९००१:२०१५’ मान्यता, सुशासनमा नयाँ मानक स्थापित

अ+ अ-

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १ ले स्थानीय तहको सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन र संस्थागत सुशासनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार रूपान्तरण गर्दै ‘आईएसओ ९००१:२०१५’ गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गतको प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ । सेवा प्रवाहका विषयमा अनेकन गुनासाहरुको बीच स्थानीय तहमा दुर्लभ जस्तै मानिने यो उपलब्धिले वडाको प्रशासनिक क्षमता, सेवा गुणस्तर र संस्थागत सुधार प्रयासलाई औपचारिक अन्तर्राष्ट्रिय मान्यता दिलाएको हो ।

तौलुङस्थित वडा कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा उक्त प्रमाणपत्र औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । अस्ट्रियाको अन्तर्राष्ट्रिय प्रमाणीकरण संस्था ‘क्वालिटी अस्ट्रिया सर्टिफिकेसन जीएमबीएच’द्वारा जारी प्रमाणपत्रलाई ‘इन्टरनेशनल सर्टिफिकेसन नेटवर्क (आईक्यूनेट)’ले समेत मान्यता दिएको छ । यससँगै वडाले प्राप्त गरेको प्रमाणपत्र विश्वका ३८ भन्दा बढी मुलुकमा मान्य हुने भएको छ ।

दर्ता नम्बर ‘एटी-३४४८८/०’ अन्तर्गत जारी प्रमाणपत्र सन् २०२५ अप्रिल २४ देखि सन् २०२९ अप्रिल २३ सम्म वैध रहने जनाइएको छ । प्रमाणपत्रले वडाको सेवा प्रवाह, कागजात व्यवस्थापन, कार्यसम्पादन प्रणाली तथा नागरिक सन्तुष्टिको स्तर अन्तर्राष्ट्रिय गुणस्तरअनुसार रहेको पुष्टि गरेको छ ।

कार्यक्रममा बागमती प्रदेश सरकारका श्रम तथा रोजगार मन्त्री जयराम थापाले वडाको उपलब्धिलाई स्थानीय शासनमा सुशासन र प्रशासनिक सुधारको उदाहरणीय अभ्यासका रूपमा व्याख्या गरे । उनले स्थानीय तहहरूले पनि अन्तर्राष्ट्रिय स्तरअनुसार सेवा प्रणाली विकास गर्न सक्ने सम्भावना बुढानीलकण्ठ वडा नं. १ ले प्रमाणित गरेको बताए ।

नगर प्रमुख मिठाराम अधिकारीले नागरिकको विश्वास आर्जन गर्नु नै सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै प्राप्त प्रमाणपत्रलाई त्यही विश्वासको प्रतिफलका रूपमा व्याख्या गरे । उपप्रमुख अनिता लामाले गुणस्तरीय, पारदर्शी र जवाफदेही सेवा प्रणाली निर्माणमा वडा कार्यालयको प्रतिबद्धता थप सुदृढ भएको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले वडाको समर्पित टोली, कर्मचारीहरूको अथक परिश्रम र संस्थागत प्रतिबद्धताकै कारण यो सफलता सम्भव भएको बताएका छन् । उनले भविष्यमा अझ प्रभावकारी, छिटोछरितो र नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार सुशासन, पारदर्शिता र गुणस्तरीय सार्वजनिक सेवाको आधारभूत संरचना मजबुत बनाउँदै स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने दिशामा नगरपालिका निरन्तर केन्द्रित रहनेछ ।

पछिल्लो समय बुढानीलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला आएपछि विकास निर्माणदेखि प्रशासनिक व्यवस्थापनसम्म उल्लेखनीय सुधार देखिन थालेको स्थानीय तहका अधिकारीहरूको भनाइ छ । विशेषगरी सेवा प्रणालीलाई व्यवस्थित बनाउने, प्रशासनिक प्रक्रियालाई चुस्त पार्ने तथा प्रविधिमैत्री कार्यशैलीलाई संस्थागत गर्ने कार्यलाई प्राथमिकतामा राखिएको थियो ।

नगरपालिकाले दिने सेवालाई सेवाग्राहीमैत्री बनाउनेदेखि डिजिटल प्रणाली र प्रविधिको प्रयोग विस्तार गर्ने कार्यमा प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले विशेष जोड दिएका थिए । नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने अवधारणाअनुसार प्रशासनिक संयन्त्रलाई पुनर्संरचना गर्दै कार्यसम्पादनलाई परिणाममुखी बनाइएको नगरपालिकाको दाबी छ ।

वडाले प्राप्त गरेको ‘आईएसओ ९००१:२०१५’ प्रमाणपत्रलाई पछिल्लो समय अघि बढाइएको संस्थागत सुधार अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रणाली सञ्चालन गर्न आवश्यक पर्ने आन्तरिक प्रक्रिया सुधार, कार्यसम्पादन मूल्यांकन, अभिलेख व्यवस्थापन, नागरिक गुनासो सुनुवाइ तथा सेवा गुणस्तरको नियमित अनुगमनजस्ता विषयमा वडाले विशेष काम गरेको जनाइएको छ ।

‘आईएसओ ९००१:२०१५’ विश्वव्यापी रूपमा मान्यता प्राप्त गुणस्तर व्यवस्थापन प्रणाली हो । यसअन्तर्गत विकास योजना सञ्चालन, सार्वजनिक सेवा प्रवाह, सिफारिस, दर्ता, प्रमाणीकरण, राजस्व संकलन तथा सार्वजनिक हित प्रवर्द्धनसम्बन्धी कार्यको गुणस्तर मूल्यांकन गरिन्छ ।

स्थानीय सरकारको तहमा यस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनु केवल प्रशासनिक उपलब्धि मात्र नभई सार्वजनिक सेवा प्रणालीमा विश्वास निर्माणको संकेतसमेत भएको प्रशासनविद्हरू बताउँछन् । बुढानीलकण्ठ वडा नं. १ को यो उपलब्धिले अन्य स्थानीय तहलाई पनि संस्थागत सुधार, सुशासन र नागरिकमैत्री सेवा प्रणालीतर्फ उन्मुख हुन थप प्रेरणा दिने अपेक्षा गरिएको छ ।

Leave a Reply