काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालेस्वास्थ्य बीमामा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित र जनमैत्री बनाउने तयारी भइरहेको बताएकी छन् ।
सोमबार वीर अस्पतालमा आयोजित ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भ कार्यक्रममा उनले स्वास्थ्य बीमामा रहेका जटिलता हटाएर सरल र प्रभावकारी बनाउने विषयमा मन्त्रालयले गहन गृहकार्य गरिरहेको जानकारी दिइन् ।
उनका अनुसार स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ । सरकारले चाँडै नै नागरिकलाई सहज हुने गरी नयाँ व्यवस्था सार्वजनिक गर्ने तयारी गरेको उनले बताइन् ।
हाल स्वास्थ्य बिमा कार्यक्रममा सेवा प्रवाह, दाबी भुक्तानी तथा नागरिक पहुँचसम्बन्धी विभिन्न गुनासा उठिरहेका छन् ।







