२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध तीन उजुरी दर्ता

अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा तीन वटा उजुरी दर्ता भएका छन् ।

संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समयावधि तोकेर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । समिति सचिवालय स्रोतका अनुसार मंगलबारसम्म तीन वटा उजुरी प्राप्त भएका हुन् ।

समिति सचिवालयले आगामी जेठ ४ गतेसम्म उजुरी दर्ता गर्न सकिने जनाएको छ । उजुरी हुलाक, इमेल तथा सचिवालयमा प्रत्यक्ष उपस्थित भएर पत्रमार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ । साथै, सुनुवाइ समितिका सदस्यलाई खामबन्दी रूपमा उजुरी बुझाउन तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत समेत उजुरी दर्ता गर्न सकिने सचिवालयले जनाएको छ ।

उजुरी दिँदा विषयवस्तुको आधार र कारण स्पष्ट रूपमा खुलाउन आग्रह गरिएको छ । प्राप्त उजुरीहरू आगामी जेठ ५ गते बस्ने समितिको बैठकमा सबै सदस्यहरूको रोहबरमा खोलिनेछन् । त्यसपछि अध्ययनका लागि उजुरी समितिका सदस्यहरूलाई वितरण गरिने बताइएको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेका शर्मालाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

0 Comments