२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अ+ अ-

काठमाडौँ । थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिनसँग बिहीबार भेटवार्ता गरेका छन् । 

त्यस अवसरमा उनीहरूले नेपाल र थाइल्यान्डबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षालगायत आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको ब्याङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ । 

साथै उनीहरूले गत वर्ष नेपाल र थाइल्यान्डबीच सम्पन्न आठ वटा समझदारीको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै ती सहमतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पक्षले जोड दिएका थिए। कृषि सहयोग तथा फौजदारी मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी प्रस्तावित द्विपक्षीय सम्झौता शीघ्र निष्कर्षमा पुर्‍याउने विषयमा समेत छलफल भएको थियो ।

दुवै पक्षले नेपाल–थाइल्यान्ड संयुक्त परामर्श संयन्त्रको आगामी बैठक पारस्परिक अनुकूल समयमा यथाशीघ्र नेपालमा आयोजना गर्ने सम्बन्धमा पनि  विचार आदानप्रदान गरेका थिए ।

नेपाल र थाइल्यान्डबीचको व्यापारिक परिपूरकतामा वृद्धि गर्दै नेपाली तथा थाइ उत्पादनबीच मूल्य शृङ्खला सुदृढ गर्ने तथा हिमाली र समुद्री स्रोतमा आधारित वस्तु तथा सेवाको एकीकरणमार्फत थप मूल्य अभिवृद्धि गर्ने विषयमा पनि जोड दिइएको थियो।

दुवै पक्षले पारस्परिक आधारमा ‘भिसा’ प्रक्रियालाई सहज बनाउने, पर्यटन सेवामा सुधार गर्ने तथा मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र साइबर अपराध नियन्त्रणका लागि सूचना तथा गुप्तचर आदानप्रदानमा सहकार्य सुदृढ गर्ने सहमति व्यक्त गरेका थिए ।

यसैगरी, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य अभिवृद्धि गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा एकअर्काको उम्मेदवारीलाई पारस्परिक समर्थन गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

0 Comments