२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दासढुंगा घटनालाई देशी-विदेशी शक्ति केन्द्रित राजनीतिक षड्यन्त्रसँग जोडेर हेर्नुपर्छ’ : ‘बादल’

अ+ अ-

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले दासढुंगा घटना अझैसम्म रहस्यकै रूपमा रहेको उल्लेख गर्दै त्यसलाई सामान्य सडक दुर्घटना मात्र नभई देशी-विदेशी शक्ति केन्द्रित राजनीतिक षड्यन्त्रसँग जोडेर हेर्नुपर्ने बताएका छन्।

काठमाडौँमा आयोजित मदन-आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै उनले नेपालका ऐतिहासिक राजनीतिक घटनाक्रम विश्लेषण गर्दा शक्ति संघर्षका क्रममा चुनौती बनेका नेता तथा दलहरूलाई समाप्त पार्ने प्रवृत्ति दोहोरिँदै आएको दाबी गरे।

उनले कोतपर्वदेखि दरबार हत्याकाण्डसम्मका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै यस्तो प्रवृत्ति समय क्रममा विभिन्न स्वरूपमा दोहोरिने गरेको टिप्पणी गरे।

बादलका अनुसार पछिल्ला वर्षहरूमा देखिएका राजनीतिक घटनाक्रम पनि सोही शृङ्खलाको निरन्तरता हुन सक्ने संकेत देखिन्छ। उनले भदौ २३-२४ का घटनालाई उल्लेख गर्दै पार्टी संरचना, नेताहरूका निवास तथा कार्यालयहरूमा भएको क्षति योजनाबद्ध गतिविधिको परिणाम भएको दाबी गरे।

उनले त्यस समयमा सरकार सञ्चालन, संसद् व्यवस्थापन र राजनीतिक निर्णय प्रक्रियामा देखिएका परिवर्तनलाई पनि उक्त शृङ्खलासँग जोडेर विश्लेषण गर्नुपर्ने धारणा राखे।

उनका अनुसार पछिल्लो निर्वाचन परिणामदेखि त्यसपछि विकसित राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद् निर्णय, पार्टी नेतृत्वमाथि कारबाही तथा गिरफ्तारीजस्ता घटनालाई पनि एउटै ऐतिहासिक शृङ्खलाको रूपमा बुझ्न सकिन्छ।

उनले एमालेविरुद्ध लक्षित दबाब र कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै पार्टी र नेतृत्वको संरक्षणमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याए।

साथै, जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धमा बाह्य प्रभावबाट गलत बुझाइ फैलाउने प्रयास भएको उल्लेख गर्दै त्यसको रक्षा, विकास र स्पष्टीकरणका लागि पार्टी एकजुट हुनुपर्ने उनको भनाइ थियो।

0 Comments