२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सडक सुरक्षा नागरिकको व्यवहारसँग प्रत्यक्ष जोडिएको विषय’ : सचिव सिग्देल

अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव तथा राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारीमा सीमित विषय नभई प्रत्येक नागरिकको दैनिकी, अनुशासन र व्यवहारसँग प्रत्यक्ष सम्बन्धित रहेको बताएका छन्।

विश्व सडक सुरक्षा सप्ताहको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पूर्वाधार विकास मन्त्रालयका सचिव  सिग्देलले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक सुरक्षासम्बन्धी सचेतनामूलक अभियान समुदाय स्तरसम्म विस्तार गरिने जानकारी दिए। उनले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन नागरिकको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सडक प्रयोगमा अनुशासन र जिम्मेवारीबोध आवश्यक रहेको बताए।

नेपाल प्रहरी प्रधान कार्यालयका कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले सवारी दुर्घटना नियन्त्रणका लागि सबै पक्षको समन्वय र सहयोग आवश्यक रहेको बताए। उनले ट्राफिक नियमको प्रभावकारी पालना सुनिश्चित गर्न कडाइ गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक नियमको पालनाले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार सवारीसाधनको नियमित प्राविधिक परीक्षण, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने बानी तथा पैदलयात्रीको सचेत व्यवहारले सडक सुरक्षामा सकारात्मक प्रभाव पार्न सक्छ।

कार्यक्रममा सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसी, राष्ट्रिय सडक सुरक्षा परिषद्का सदस्य सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय रोटरीको सडक सुरक्षा समितिका अध्यक्ष नुगल वैद्य, निमा नेपालका कार्यकारी निर्देशक राजकुमार दुलाल तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीलगायतले सुरक्षित यातायात प्रणाली, ट्राफिक अनुशासन र सवारी दुर्घटनासम्बन्धी चुनौतीबारे धारणा राखेका थिए।

कार्यक्रममा विभिन्न संघ-संस्था, सुरक्षा निकाय, टोल सुधार समिति, युवा क्लब, नगर प्रहरी, विद्यार्थी, चालक-सहचालक, समाजसेवी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको जनाइएको छ।

0 Comments