२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन

अ+ अ-

नेपालगञ्ज । नेपाल-भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ ।

सो नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो । तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कडा तुल्याइएको र कुकुरलाई भारतबाट आउने हरेकको सामान सुँघेर जाँच गराउन थालिएको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीले जनाएको छ । 

जमुनाहामा परिचालित दुई वटा तालिम प्राप्त कुकुरले विशेषगरी हातहतियार, विस्फोटक पदार्थ तथा लागु औषधसम्बन्धी जाँचमा सघाइरहेको उल्लेख गर्दै सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार अब नियमित रूपमा यस्ता तालिम प्राप्त कुकुरहरू सीमा नाकामा तैनाथ रहने जानकारी दिए । 

सीमा नाकामा कुकुर परिचालन भएसँगै अवैध ओसारपसार, सीमा अपराध तथा शंकास्पद गतिविधि गर्नेहरूमा त्रास हुने र नियन्त्रणमा थप प्रभावकारिता आउने उनले विश्वास व्यक्त गरे । सय रुपियाँभन्दा बढीको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क अनिवार्य तिर्नुपर्ने नियममा कडाइ गरिएपछि नाकाको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

0 Comments