२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा विशेष टोली गठन गरेको जनाएको छ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गृह सचिवको संयोजकत्वमा रक्षा सचिवसहित विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गर्ने निर्णय गरेको हो। गठित टोलीलाई तत्काल घटनास्थलमा परिचालन भई प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालयले सक्रियता बढाउँदै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विशेष टोली घटनास्थलतर्फ पठाइसकेको उल्लेख गरिएको छ।

मन्त्रालयले सीमा क्षेत्रको सुरक्षा अवस्था थप सुदृढ बनाउन जिल्ला सुरक्षा समितिहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। यस्ता घटना पुनः नदोहोरिने गरी सुरक्षा रणनीति अवलम्बन गर्न तथा आवश्यकताअनुसार थप सुरक्षाकर्मी परिचालन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

विवादको दीर्घकालीन समाधान र समन्वयका लागि जनप्रतिनिधि तथा सम्बन्धित निकायहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सीमा क्षेत्रका नागरिकको जीउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै दुवै जिल्लाका सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गरेको छ।

0 Comments