काठमाडौँ । मधेश प्रदेश सरकारले जनलोकपाल आयोगका रिक्त दुई सदस्य पदमा नयाँ नियुक्ति गरेको छ। प्रदेश सरकारको निर्णय अनुसार महोत्तरी जिल्लाका दुई जनालाई आयोग सदस्यको जिम्मेवारी प्रदान गरिएको हो।
नियुक्त हुनेहरूमा औरही नगरपालिका-७ निवासी सञ्जीवकुमार झा तथा श्रीपुर-८ की सुजाता विमल रहेका छन्। दुवैले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।







