काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचनामार्फत कम्प्युटर सहायक पदको परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७१/२०७९/८० (खुला तथा समावेशी) प्राविधिक सेवा-समूह, टि-५ तहको कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :
यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७२/२०७९/८० (खुला र आ.ज.) प्राविधिक सेवा/समूह, टि-५ तहको ओभरसियर पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना:
यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७३/२०७९/८० (खुला तथा समावेशी) प्राविधिक सेवा/समूह, टि-५ तहको ईलेक्ट्रिसियन पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना:







