१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट

अ+ अ-

संयुक्तराज्य अमेरिका । क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको डढेलो दू्रत गतिमा सहरतर्फ फैलिएपछि एक हजारभन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्किन मिल्ने भन्दै सरकारले अनुमति दिए पनि पुनः नयाँ आगलागी सुरु भएको थियो ।

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पत्रकार सम्मलेनमा आगलागी नियन्त्रण गर्नका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाइएको बताएका छन् । हरेक वर्ष दोहोरिने गरेको आगलागी समस्याको समाधानका लागि अग्नि नियन्त्रकहरुलाई नयाँनयाँ तरिका सिकाइए पनि आगलागीलाई नियन्त्रणमा ल्याउन भइरहेको कठिनाइबाट आफू आश्चर्यचकित भएको ब्राउनले बताएका छन् ।

आगलागी नियन्त्रणका लागि यस वर्ष छुट्याइएको बजेटको एक चौथाई खर्च भइसकेको पनि उनले बताए । आगलागी नियन्त्रणका लागि करिब १२ करोड ५० लाख अमेरिकी डलर बजेट रहेको ‘क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड प्रोटेक्सन’का प्रवक्ता माइक मोलरले बताए । क्यालिफोर्नियाका अग्नि नियन्त्रकका अनुसार पुनः सुरु भएको नयाँ आगलागीमा परी गोदाम सहित ४८८ घर नष्ट भएको छ । क्यालिफोर्नियाको इतिहासमा यो छैटौं भीषण आगलागी हो ।

गत जुलाई २३ देखि सुरु भएको यस आगलागीमा परी ६ जनाको मृत्यु भएको र ३८ हजारलाई सुरक्षित स्थानमा सारिएको छ । साथै एक लाख २१ हजार एकड जमीन आगलागीबाट नष्ट भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस