२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकुम्वासी बस्ती हटाउने क्रममा राज्यको व्यवहार कठोर र अमानवीय देखिएको प्रदिप पौडेलको टिप्पणी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती खाली गराउने क्रममा राज्य संयन्त्रको व्यवहार अत्यधिक कठोर तथा मानवीय दृष्टिले संवेदनशील देखिएको टिप्पणी गरेका छन् ।

उनका अनुसार बस्ती खाली गर्नुअघि पर्याप्त समय, वैकल्पिक व्यवस्था र सहज स्थानान्तरणको अवसर नदिई गरिएको बल प्रयोगले राज्यको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा मा आयोजित ‘विस्थापनको व्याकुलता : शहरी सुकुमवासीको स्वास्थ्य तथा मनोसामाजिक संघर्षको विश्लेषण’ विषयक कार्यक्रममा बोल्दै उनले बस्ती हटाउने प्रक्रियामा आवश्यक संवेदनशीलता अपनाउन नसकिएको बताए ।

उनले सम्बन्धित बस्तीमा बसोबास गर्ने सबै व्यक्ति भूमि कब्जा गर्ने उद्देश्यले मात्र बसेका नभई राज्यकै परिभाषाभित्र पर्ने वास्तविक सुकुम्वासी परिवारहरू समेत रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै उनले विस्थापनका क्रममा विद्यालय जाने बालबालिका, सुत्केरी महिला तथा दीर्घरोगका कारण नियमित औषधि सेवन गरिरहेका ज्येष्ठ नागरिकप्रति राज्यले पर्याप्त ध्यान नदिएको आरोप लगाए ।

उनले वैकल्पिक बसोबासको व्यवस्था र मनोसामाजिक सहायताबिनाको यस्तो कारबाहीले प्रभावित परिवारमा गम्भीर मानसिक असर परेको भन्दै यस विषयमा आफ्नो पार्टीले स्पष्ट धारणा सार्वजनिक गरिसकेको जानकारी दिए ।

महामन्त्री पौडेलले समस्या समाधानका लागि दीर्घकालीन र जिम्मेवार उपाय खोज्नुको सट्टा राज्य संयन्त्रले लापरबाहीपूर्ण र संवेदनशील व्यवहार प्रदर्शन गरेको निष्कर्ष पनि व्यक्त गरे ।

0 Comments