२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

अ+ अ-

जलालाबाद (अफगानीस्तान) । पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिर दुर्घटना हुँदा ट्रकमा सवार १० जना बालबालिका सहित १८ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।  

लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए । दश जना बालबालिका, पाँच जना महिला र तीन जना पुरुषसहित १८ जनाको मृत्यु भएको पुष्टि गर्दै थप, २९ जना घाइते भएको प्रवक्ताले बताएका छन् । 

पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सडकमा ट्रक दुर्घटना भएको जनाइएको छ ।

पाकिस्तानका अधिकारीहरूले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कडा नियम लागु गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढेको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्यांक अनुसार यस वर्षको सुरु देखि चार लाख ४७ हजार ४०० अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन् ।

 यस अघि अगस्टमा, पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान आप्रवासीहरू बोकेको बस र अन्य दुई सवारी साधनहरू बिचको टक्करमा १९ बालबालिका सहित ७८ जनाको मृत्यु भएको थियो ।

0 Comments