ललितपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका-२२ भैँसी पाटी बस्ने भारत मोतिहारी घर भएका ५४ वर्षीय रमेश साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रमेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, मोरङ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-९ बस्ने ५५ वर्षीय राम बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







