काठमाडौँ । सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधि तथा आम विनाशका हातहतियारको निर्माण र विस्तारमा हुने वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा केन्द्रित अनुशिक्षण कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको प्रमुख आतिथ्य तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रमको समुद्घाटन गरिएको हो।
कार्यक्रममा वित्तीय प्रणालीमार्फत हुने अवैध गतिविधि नियन्त्रण, सम्पत्ति शुद्धीकरणका चुनौती तथा सुरक्षा निकाय र वित्तीय संस्थाबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित गरिएको बताइएको छ।







