२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन हुँदै, संघ र प्रदेशका शीर्ष पदाधिकारी सहभागी हुने

अ+ अ-

काठमाडौँ। कैलालीको टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन आयोजना हुने भएको छ। अन्तर व्यवस्थापिका मञ्चको समन्वय र सुदूरपश्चिम प्रदेश सभा सचिवालयको व्यवस्थापनमा जेठ २३ र २४ गते (शनिबार र आइतबार) सम्मेलन सञ्चालन गरिने भएको हो।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीका अनुसार सम्मेलनमा संघीय संसद्का शीर्ष पदाधिकारी, राष्ट्रिय सभा तथा प्रतिनिधिसभाका प्रमुख व्यक्तित्वहरू र सबै प्रदेशका सभामुख तथा उपसभामुखहरूको सहभागिता रहनेछ।

त्यसैगरी संघीय संसद् र प्रदेश सभा सचिवालयका सचिवसहितका कर्मचारीहरू पनि कार्यक्रममा सहभागी हुनेछन्। यो सम्मेलन सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको हो।

कार्यक्रममा कानुन निर्माण प्रक्रिया, कार्यान्वयनको अवस्था तथा संसदीय कार्य सञ्चालनलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल गरिनेछ। साथै संघ र प्रदेशका अनुभव आदानप्रदान गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

सभामुख भण्डारीका अनुसार सम्मेलनलाई संसदीय अभ्यासलाई मर्यादित, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले केन्द्रित गरिएको छ। उनले सभामुख, उपसभामुख र सचिवस्तरीय अलग-अलग समूह बनाएर छलफल सञ्चालन गरिने जानकारी दिए।

उद्घाटन सत्रको अध्यक्षता सभामुख भण्डारीले गर्ने कार्यक्रम छ भने राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

त्यसैगरी प्रतिनिधिसभाका सभामुख र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले शुभकामना मन्तव्य दिने कार्यसूची रहेको छ। सम्मेलन २४ जेठमा घोषणापत्र जारी गर्दै सम्पन्न हुने जनाइएको छ।

0 Comments