काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहमा प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएका ८८ जना प्रहरी कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ।
प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनाअनुसार सञ्चार, संगीत, विधिविज्ञान, सूचना प्रविधि, केनाइन तथा आवास तथा भौतिक उपसमूहका कर्मचारीहरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
मिति २०८३ जेठ २२ गतेको बढुवा समितिको निर्णयका आधारमा उक्त सिफारिस सूची प्रकाशन गरिएको जनाइएको छ। सम्बन्धित उपसमूहमा रिक्त पद, सेवा अवधि, कार्यसम्पादन मूल्यांन, शैक्षिक योग्यता तथा प्रचलित कानुनी व्यवस्था बमोजिम उम्मेदवारहरूको मूल्यांन गरी बढुवाका लागि नाम सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


















