मोरङ । विराटनगर महानगरपालिका-११ जनपथटोल बस्ने महेश अग्रवालको घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही महानगरपालिका-९ बस्ने १९ वर्षीय राधे कामत सहित १२ जनालाई गए राति जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रुपैयाँ, २२ बुक तास र १४ थान मोबाइल बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







