२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छ’ : अर्थमन्त्री डा‍. स्वर्णिम वाग्ले

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटेल ब्रान्ड द रिट्च कार्लटन नेपाल भित्रिनु सुखद् भएको बताएका छन्।

सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। 

काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटेल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उनीहरू बीच मन्त्रालयमा भेटघाट भएको हो । 

भेटमा अर्थमन्त्री डा‍. वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका  नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद दिए ।

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उनले बताए ।

‘तपाईँहरूको नयाँ परियोजना घोषणाले लगानीकर्ताका लागि नयाँ उत्साह थपेको छ । नेपालमा लगानी भित्र्याउन र विश्वका धनाढ्यहरूले अब नेपालको द रिट्च कार्लटनलाई आफ्नो गन्तव्य बनाउन सक्छन् भन्ने सोच विकास भएको छ।,’ अर्थमन्त्री वाग्लेले भने,‘यसले नेपालको पर्यटनलाई अर्को उचाइ दिन सक्छ ।’

नयाँ सरकारले लगानी मैत्री वातावरणका लागि काम गरिरहेको भन्दै अर्थमन्त्री डा. वाग्लेले म्यारियट र द रिट्च कार्लटनलाई काठमाडौँ बाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे ।

लगानी सुरक्षा र प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार एवम् कानुनी सहजिकरणमा सरकारले पूर्ण सहयोग गर्ने वचन पनि अर्थमन्त्रीले लगानीकर्ताहरूलाई दिए ।

‘सरकार तपाईँहरूको लगानीको सुरक्षाका लागि प्रतिबद्ध छ । व्यवसाय विस्तार गर्न चाहिने हवाई र स्थलगत पूर्वाधार विकास हाम्रो प्राथमिकतामा छन्,’ अर्थमन्त्रीले भने, ‘तपाईँहरू नेपालको ब्रान्डिङ गर्नुहोस् । मलाई लाग्छ अब विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल पनि बन्न सक्छ ।’

अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष डेभिस म्यारियटले नेपालको विश्वस्तरीय पथ प्रदर्शक गन्तव्य र हिमालको देश भएको र त्यसलाई विश्व बजारमा थप फैलाउने काम द रिट्च कार्लटनले गर्ने बताए । 

नेपालमा द रिट्च कार्लटन घोषणा गर्न पाउँदा अत्यन्तै खुसी मिलेको भन्दै उनले थप लगानी विस्तार गर्ने प्रतिबद्धता पनि जनाए । 

‘नेपाल प्रचुर पर्यटन सम्भावनाको देश हो । विश्वस्तरीय ट्रेकिङ गन्तव्य र हिमालको देशलाई द रिट्च कार्लटनको उपस्थितिले सुखद् सन्देश दिनेछ,’ अध्यक्ष डेभिस म्यारियटले भने । 

भेटमा सीजी हस्पिटालिटी होल्डिङस् तथा सीजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानी अवसरहरूको प्रचुर सम्भावनाको मुलुक रहेको बताए । नयाँ सरकार बनेपछि लगानीकर्तामा उत्साह थपिएको भन्दै उनले सरकारबाट यथेष्ट साथ र सहयोग अपरिहार्य रहेको बताए ।

भेटमा सीजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र म्यारियट एसिया प्याशेफिक (चीन बाहेक) का अध्यक्ष राजीव मेनन र अर्थमन्त्रीको सचिवालयका प्रतिनिधि सहभागी थिए ।

0 Comments