काठमाडौँ। सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका अञ्जनीकुमार पोखरेललाई मानव स्रोत विभागको जिम्मेवारी दिइएको छ।
सरकारले मन्त्रीपरिषद् निर्णयमार्फत उनलाई सशस्त्र प्रहरी बलको मानव स्रोत विभागमा पदस्थापन गरेको हो। उक्त विभाग यसअघि एआईजी नारायणदत्त पौडेल आइजिपी बनेपछि रिक्त रहेको थियो।
पोखरेलले सोमबार मात्र एआईजीको दर्ज्यानी चिह्न ग्रहण गरेका थिए। बढुवासँगै उनलाई संगठनको महत्वपूर्ण प्रशासनिक तथा मानव संसाधन व्यवस्थापनसम्बन्धी जिम्मेवारीमा खटाइएको हो।







