२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले कार्यदलद्वारा सातै प्रदेशसहित विभिन्न निकायबाट सुझाव संकलन गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलले सातै प्रदेशसहित विभिन्न संगठन र संरचनाबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा रहेको कार्यदलको मंगलबार बसेको बैठकले सुझाव संकलनका लागि प्रदेशस्तरीय छलफल तथा भेला आयोजना गर्ने निर्णय गरेको हो। उक्त जानकारी एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले दिएका छन्।

निर्धारित कार्यतालिकाअनुसार जेठ ३० गते बागमती प्रदेशबाट सुरु हुने सुझाव संकलन अभियान असार १९ गतेसम्म विभिन्न चरणमा सम्पन्न गरिनेछ। त्यसक्रममा कोशी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी र मधेश प्रदेशमा क्रमशः छलफल आयोजना गरिनेछ। साथै, राजधानी केन्द्रित संरचना, सम्पर्क समन्वय निकाय, जनसंगठन तथा विभागीय प्रमुखहरूसँग पनि अलग-अलग छलफल गरिने कार्यक्रम तय गरिएको छ।

कार्यक्रममा सम्बन्धित प्रदेशका जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका प्रतिनिधिहरूको सहभागिता रहनेछ भने संयोजनको जिम्मेवारी सम्बन्धित प्रदेश इन्चार्जहरूले लिनेछन्। कार्यदलले सदस्य सचिवको जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिने निर्णयसमेत गरेको छ।

कार्यदलका अनुसार सुझाव संकलनलाई व्यवस्थित बनाउन पूर्वनिर्धारित प्रश्नावलीका आधारमा छलफल सञ्चालन गरिनेछ। सोही आधारमा विभिन्न तहबाट राय संकलन गरिने बताइएको छ।

कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनस्तरमा सक्रिय हुन निर्देशन दिएका थिए।

गत जेठ १० गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणका लागि १५ सदस्यीय कार्यदल गठन गरेको थियो, जसलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयसीमा तोकिएको छ। तर बैठक ढिलो सुरु भएको र कार्यतालिका पनि पछिल्लो चरणसम्म फैलिएको कारण प्रतिवेदन बुझाउने समय प्रभावित हुन सक्ने संकेत देखिएको छ।

0 Comments