२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रानी सैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

अ+ अ-

बाजुरा । हिमाली गाउँपालिकाको रानी सैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी रूपमा सीमा सुरक्षा चौकी (बिओपी) र चौकी बस्ने भएको छ ।

हिमाली गाउँपालिका–३ को रानी सैन लाम्पाटामा जेठ ३ गते हुम्लाका स्थानीयले वडा सदस्य पेमागारा गुरुङसहित कुटपिट गरी तीन दिनसम्म बन्धक बनाएर राखेको र रानी सैन लाम्पाटाका स्थानीयलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका स्थानीयले कुटपिट गरेको घटना जेठ ५ गते बाहिरिएपछि उक्त क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त रूपमा अस्थायी ‘बिओपी’ र प्रहरी चौकी बस्ने भएको हो ।

गृह मन्त्रालय सचिव स्तरको एक साताअघि भएको बैठकको निर्णयअनुसार रानी सैनको लाम्पाटामा ‘बिओपी’ र अस्थायी प्रहरी चौकी बस्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

रानी सैनमा जेठ ३ गते भएको घटनाको विषयमा उक्त क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि गृह सचिव स्तरको बैठकको निर्णयानुसार अस्थायी रूपमा ‘बिओपी’र प्रहरी चौकी बस्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।

लाम्पाटामा अस्थायी रूपमा सशस्त्र प्रहरी बलका जनक पौडेलको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको टोली हिमाली गाउँपालिकाको पठाइएको छ ।

रानी सैनको लाम्पाटामा हुम्लाका स्थानीयले कुटपिट गरी वडा सदस्य पेमागारा गुरुङ स्थानीय घाइते हुनेमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नं ३ का वडा सदस्य ३४ वर्षीय पेमागारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, स्थानीय २४ वर्षीय मीनु कुँवर, प्रहरी चौकी विच्छ्या कार्यरत प्रहरी सहायक हबल्दार महेश धामी घाइते भएका थिए ।

0 Comments