२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा, जनप्रतिनिधिलाई मध्यरातसम्मको अल्टिमेटम

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी संरचनामा रहेका पदाधिकारी, सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरूका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम समय आज मध्यरातसम्म तोकेको छ। पार्टीको सदस्यता व्यवस्थापन समितिको निर्णयअनुसार तोकिएको समय सीमाभित्र अद्यावधिक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको हो।

निर्णयअनुसार केन्द्रीय तहदेखि वडा स्तरसम्मका सबै जिम्मेवारीमा रहेका पदाधिकारी, विभिन्न तहका समिति सदस्य तथा जनप्रतिनिधिहरूले आजभित्र आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्नेछ। साथै, सम्बन्धित क्षेत्रका अन्य सदस्यहरूको अद्यावधिक प्रक्रियामा सहजीकरण गर्ने दायित्वसमेत उनीहरूलाई दिइएको छ।

समितिले जारी गरेको निर्देशनमा संघीय संरचनाका केन्द्रीय पदाधिकारी, प्रदेश तहका जिम्मेवार पदाधिकारी तथा सदस्य, जिल्ला, क्षेत्रीय, प्रदेश सभा क्षेत्रीय, पालिका र वडा समितिका प्रतिनिधिहरूलाई समेटिएको छ। यस्तै, भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका पदाधिकारी, संघीय र प्रदेश संसद्का सदस्य, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू र स्थानीय तहका जनप्रतिनिधिहरू पनि यही दायित्वभित्र पर्ने उल्लेख छ।

पार्टीले तोकेको व्यवस्था अनुसार, यी सबै पदमा रहेका व्यक्तिहरूले २७ जेठभित्र अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्नेछ। बाँकी सदस्यहरूको हकमा भने २८ जेठ मध्यरातसम्मको समय सीमा निर्धारण गरिएको छ।

पार्टी स्रोतका अनुसार, तोकिएको समयभित्र अद्यावधिक प्रक्रिया पूरा नगर्ने पदाधिकारी तथा जनप्रतिनिधिहरूलाई आगामी महाधिवेशनमा सहभागिता लिनबाट वञ्चित गर्न सकिने व्यवस्था लागू हुने सम्भावना छ।

0 Comments