काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को विवादास्पद भनिएको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीमार्फत स्पष्टीकरण दिने व्यवस्था भएपछि प्रतिनिधि सभा बैठक सञ्चालनमा आएको छ। यसअघि अवरुद्ध बनेको बैठक परराष्ट्र मन्त्रीको सम्बोधनसँगै अघि बढेको हो।
सभामुख डीपी अर्यालले परराष्ट्र मन्त्री शिशिर खनाललाई सदनमा आफ्नो धारणा राख्न समय प्रदान गरेका थिए। मन्त्रीले प्रधानमन्त्रीको तर्फबाट जवाफ दिई रहेका छन् ।
प्रधानमन्त्रीको सट्टा मन्त्रीमार्फत विषय स्पष्ट पारिएकोप्रति श्रम संस्कृति पार्टीका सांसदहरूले असन्तुष्टि जनाउँदै बैठकमै विरोध प्रदर्शन गरेका छन्। उनीहरू आसनमै उभिएर असहमति जनाइरहेका छन् भने अन्य प्रतिपक्षी दलका सांसदहरू भने बैठकमा बसेर परराष्ट्र मन्त्रीको भनाइ सुनिरहेका छन्।







