२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेदीवन जंगलमा आठ थान इजाजत नभएका बन्दुक भेटियो

अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाको फेदीवन जंगलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ ।

अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जङ्गलमा लुकाएर राखेको अवस्थामा आठ थान एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाले वन्यजन्तुको अवैध चोरी–सिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत बन्दुक बरामद गरेर बेनी ल्याइएको जानकारी दिए ।

विसं २०८२ मङ्सिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १५० थान इजाजत नभएका बन्दुक बरामद भएको उनले जानकारी दिए । ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनमा वन्यजन्तुको चोरी–सिकारीका साथै आपसी विवाद र झैझगडामा प्रयोग हुने जोखिम भएकाले अवैध बन्दुक बरामद गर्ने अभियान चलाएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।

अवैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ । स्थानीयवासीको सूचना तथा सहयोग समेतमा जङ्गल, रूखका टोड्का, खोल्सा, मासिन नबस्ने घर गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको हो ।

प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने व्यवस्था छ । प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र रु. ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । अवैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ । 

0 Comments