काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ न्यूरोडबाट स्रोत नखुलेको नगद ८ लाख ६१ हजार ५ सय रुपैयाँसहित जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर लोकन्थली बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सविन तिम्सिनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







