२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

अ+ अ-

सिरहा । सिरहाको गोलबजार नगरपालिका-१३ दुर्गापुरस्थित सिमरा चौरमा सिँचाइका लागि जडान गरिएको ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन् । खेतीपातीको मुख्य याममा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सिँचाइ सेवा ठप्प भएको छ ।

किसान दुर्गेशकुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बताए । “ट्रान्सफर्मर चोरी भएपछि अब डिजेल पम्प वा अन्य वैकल्पिक स्रोतको सहारा लिनुपरेको छ, यसबाट खेतीको लागत बढ्नेछ”, उनले भने । 

किसान रामपृत यादवले खेती नै परिवारको मुख्य आम्दानीको स्रोत रहेको भन्दै ट्रान्सफर्मर चोरीले ठूलो असर परेको बताए। उनले सिँचाइ अभावका कारण उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै तत्काल विद्युत् सेवा पुन:स्थापना गर्न माग गरे । 

सिरहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले ट्रान्सफर्मर चोरीका घटनाबारे जानकारी दिँदै भने, “हालसम्म ट्रान्सफर्मर चोरीसम्बन्धी १५ वटा उजुरी प्राप्त भएका छन् । 

प्राप्त उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।” उहाँका अनुसार नवराजपुर र बरियारपट्टी लगायतका क्षेत्रबाट पनि यस्ता घटनाका उजुरी आएका छन् । 

Leave a Reply