सङ्खुवासभा । पाँचखपन नगरपालिका-६ मगर टोल बस्ने विनय मगरलाई भरुवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







