२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकपमा क्यानडाको ऐतिहासिक जित, कतार ६-० ले पराजित 

अ+ अ-

काठमाडौँ। सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा फराकिलो जित निकालेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो ।

क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एक/एक गोल गर्दा एक गोल उपहार पायो ।

खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

३३औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सीमित छ । पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाए ।

५१औं मिनेटमा असिम माडिबोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएसँगै कतार ९ खेलाडीमा सीमित रह्यो । जसको फाइदा क्यानडाले उठायो । ६४औं मिनेटमा नाथनले गोल गर्दे क्यानडालाई ४ गोलको अग्रतामा पुर्‍याए ।

खेलको ७५औं मिनेटमा कतारका मोहम्मद मनाई आत्मघाती गोल गर्दा क्यानडाको अग्रता ५-० मा पुग्यो । दोस्रो हाफको इन्जुरी समयमा जोनाथनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६-० को फराकिलो जित दर्ता गर्‍यो ।

यो विश्वकप इतिहासमा क्यानडाको पहिलो जित निकालेको हो । यसअघि दुई विश्वकप खेलेको क्यानडाले कुनै पनि जित निकाल्न सकेको थिएन ।

यो जितसँगै क्यानडा २ खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा छ । 

Leave a Reply