१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आज: सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक

अ+ अ-

काठमाडौँ । आज विश्वका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय अयनोत्सव दिवस (वर्षमा दुई पटक हुने खगोलीय घटना, जब सूर्य पृथ्वीको भूमध्यरेखाको तुलनामा आफ्नो यात्रामा सबैभन्दा उत्तर वा सबैभन्दा दक्षिण बिन्दुमा पुग्ने दिन) विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । 

संयुक्त राष्ट्रसंघीय महासभाले अयनोत्सव तथा विषुव (संसारका अधिकांश स्थानमा दिन र रातको अवधि लगभग बराबर हुने दिन)लाई सांस्कृतिक सम्पदा, कृषि परम्परा र मानव सभ्यतासँग जोडिएको महत्त्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक घटनाका रूपमा मान्यता दिँदै जुन २१ लाई अन्तर्राष्ट्रिय अयनोत्सव दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।

 राष्ट्रसंघका अनुसार संस्कृति समाज वा सामाजिक समूहका विशिष्ट आध्यात्मिक, भौतिक, बौद्धिक तथा भावनात्मक विशेषताहरूको समष्टि हो । यसले कला, साहित्य, जीवनशैली, मूल्य-मान्यता, परम्परा तथा विश्वासलाई समेटेको छ । सांस्कृतिक विविधता मानवताको साझा सम्पत्ति भएकाले वर्तमान र भावी पुस्ताको हितका लागि यसको संरक्षण, सम्मान र प्रवर्द्धन आवश्यक छ ।

महासभाले अयनोत्सव र विषुवलाई भूमि उर्वरता, कृषि तथा खाद्य उत्पादन प्रणाली, सांस्कृतिक सम्पदा र हजारौँ वर्ष पुराना परम्पराको प्रतीकका रूपमा स्वीकार गरेको छ । अयनोत्सव र विषुव उत्सवले आपसी सम्मान, शान्ति र असल छिमेकी सम्बन्धका आदर्शका आधारमा विभिन्न समुदाय र राष्ट्रबीचको सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

खगोलशास्त्रीय रूपमा अयनोत्सव भनेको सूर्यको वार्षिक दृश्यगत मार्ग पृथ्वीको भूमध्यरेखाको तुलनामा सबैभन्दा उत्तर वा दक्षिणतर्फ पुगेको क्षण हो । वर्षमा दुई पटक अयनोत्सव पर्छ । जुन २१ तिर पर्ने ग्रीष्म अयनान्तलाई उत्तरी गोलार्द्धमा वर्षको सबैभन्दा लामो दिन र गर्मी यामको सुरुआतका रूपमा लिइन्छ भने डिसेम्बर २१ तिर पर्ने शिशिर अयनान्तलाई सबैभन्दा छोटो दिन र जाडो यामको सुरुआतका रूपमा चिनिन्छ ।

त्यसैगरी, विषुव वर्षमा दुई पटक सामान्यतः मार्च २० र सेप्टेम्बर २३ तिर पर्छ । यस समयमा दिन र रातको अवधि लगभग बराबर हुने भएकाले यसलाई ऋतु परिवर्तनको महत्त्वपूर्ण संकेत मानिन्छ ।

अयनोत्सव, विषुव तथा तिनसँग सम्बन्धित ऋतु चक्र कृषि, बाली भित्र्याउने समय र जनजीवनसँग घनिष्ठ रूपमा जोडिएका छन् । यही कारण विश्वका विभिन्न संस्कृति र सभ्यताले यिनलाई विशेष पर्व, उत्सव तथा धार्मिक–सांस्कृतिक परम्परामार्फत मनाउँदै आएका छन् ।  

राष्ट्रसंघले यस्ता परम्पराबाट मानव समुदायबीच समझदारी, सहिष्णुता र सांस्कृतिक संवाद अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

0 Comments