९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

अ+ अ-

चितवन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा  सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डा. तिमिल्सिनाले निर्देशन दिएका हुन् ।

उनले यसअघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरेहुन्थ्यो भन्नेसम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटोछरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिए ।

दूरसञ्चार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उहाँले जनअपेक्षाअनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताए। सञ्चारमन्त्री डा. तिमिल्सिनाले भने “१० वर्ष अगाडि र अहिलेको अवस्था फरक छ । हिजो मान्छे एउटा सेवा लिनका लागि पाँच दिनसम्म कुर्न सक्थ्यो भने आज एक दिन पनि कुर्दैन, फोन गरेपछि अहिले नै आइदिए हुन्थ्यो भन्ने अपेक्षा भएकाले तपाईँहरूले सोहीअनुसार काम गर्नुपर्छ ।”

उनले भने, “सेवाग्राहीले तिरेको पैसाले कार्यालय सञ्चालन भइरहेका छन्, तपाईँको सबैभन्दा ठूलो जबाफदेहिता सेवाग्राहीप्रति हुनुपर्छ । सोहीअनुसार सेवाग्राही खुसी हुने गरी कार्यसम्पादन गर्नुहोला ।”

नेपाल टेलिकमको कार्यालय व्यवस्थित गर्ने विषयमा चासो दिँदै उनले भवनलगायत समस्याका बारेमा कार्यरत कर्मचारीसँग एकल एवं संयुक्त रूपमा छलफल गरे। नेपाल टेलिकमको पुन:सरचना, कर्मचारीको वृत्ति विकास, आवश्यक उपकरण र अन्य समस्याका बारेमा भरतपुर कार्यालय प्रमुख राकेश चौधरीसहितका कर्मचारीहरूले सञ्चारमन्त्रीसमक्ष अनुरोध गरेका थिए । 

0 Comments