१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

अ+ अ-

धरान (सुनसरी) । धरान उपमहानगरपालिका-८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज आयोजित एक कार्यक्रमबीच बसपार्कको उद्घाटन गरेका हुन् । 

संघीय सरकार र धरान उपमहानगरपालिकाको ५०/५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो । कूल रु ३३ करोड ७० लाख ४७ हजार ३३७ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो । निर्माण कम्पनीले रु २५ करोड ४१ लाख ६७ हजार ३१९ मा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो ।

बसपार्क रु २४ करोड ८६ लाख नौ हजार १४८ मा निर्माण सम्पन्न भएको धरान उपमहानगरपालिकाका योजना शाखाका इञ्जिनियर प्रकाश शर्माले जानकारी दिए। यहाँ एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ । भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्गे्र्रे सवारीसाधन, ६० वटा अटो तथा केही कार र जिप पार्किङ गर्न सकिने क्षमता रहेको उनले जानकारी दिए।

बसपार्कमा करिब ३०० यात्रु अट्ने सुविधा सम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटीभी तथा सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा यात्रु चढाउन र ओराल्नका लागि २२ वटा अटो अट्ने स्टेसन निर्माण गरिएको छ । अन्डरग्राउन्ड पार्किङसहित बसपार्क भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटरसमेत निर्माण गरिएको उनले बताए ।

उद्घाटन समारोहमा कार्यवाहक नगरप्रमुख बेघाले स्मार्ट बसपार्क सञ्चालनमा आएसँगै धरानको सार्वजनिक यातायात सेवा थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री हुने विश्वास व्यक्त गरे। उनले धरानको पुरानो बसपार्क साँघुरो हुँदा यात्रुको भीड, ट्राफिक जाम तथा विभिन्न असुविधा हुने गरेको उल्लेख गर्दै नयाँ बसपार्कले ती समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । बसपार्कको व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लगिने उनले प्रतिबद्धता जनाए। 

धरानमा लामो समयदेखि व्यवस्थित बसपार्कको अभाव हुँदा यात्रु तथा सार्वजनिक यातायात व्यवसायीले सास्ती भोग्दै आएका उल्लेख गर्दै धरान उपमहानगरपालिकाकी पूर्वनगर उपप्रमुख मञ्जु भण्डारीले नयाँ स्मार्ट बसपार्क सञ्चालनसँगै सार्वजनिक यातायात सेवा थप व्यवस्थित हुने र यात्रुले आधुनिक तथा सहज सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्  ।

उनले स्मार्ट बसपार्क धरानको गौरवको आयोजना भएको उल्लेख गर्दै पुरानो बसपार्क साँघुरो हुँदा दुर्घटनाको जोखिम तथा अव्यवस्थापन न्यूनीकरण गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

0 Comments