१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याइने 

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति सरकारको बजेट कार्यान्वयनलाई सहयोग पुग्ने ढंगले तयार गरिने जनाएको छ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकको सहकार्यमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले मौद्रिक नीतिले आर्थिक गतिविधिलाई थप चलायमान बनाउने र बजेटका प्राथमिकतालाई सघाउने गरी व्यवस्था समेट्ने जानकारी दिए।

उनले बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना हुनेमा आशावादी रहेको बताए। सरकारले निश्चित समयसीमा निर्धारण गरेर प्रक्रिया अघि बढाउने संकेत गरिसकेकाले चालु वर्षमै यस्तो कम्पनी स्थापना हुने अपेक्षा उनले व्यक्त गरे।

प्रवक्ता पौडेलका अनुसार अहिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको छ भने ब्याजदर पनि निरन्तर घट्दो क्रममा छ। तरलताको सन्तुलित व्यवस्थापन तथा ब्याजदरलाई निश्चित सीमाभित्र कायम राख्न नेपाल राष्ट्र बैंकले खुला बजार उपकरणमार्फत ठुलो परिमाणमा स्रोत परिचालन गरिरहेको उनले बताए।

उनले बैंक तथा वित्तीय संस्थासँग कर्जा विस्तार गर्ने पर्याप्त क्षमता भए पनि निजी क्षेत्रबाट अपेक्षित माग नबढेकाले ऋण प्रवाहले गति लिन नसकेको उल्लेख गरे।

साथै, साना तथा उत्पादनमुखी क्षेत्रतर्फ कर्जा प्रवाह बढाउन राष्ट्र बैंकले विशेष प्राथमिकता दिएको जानकारी दिँदै उनले १० लाख रुपैयाँसम्मका कर्जाको मूल्यांकन सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नै प्रक्रियामार्फत गरी सहज रूपमा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको बताए।

0 Comments