६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले पुनर्गठनबारे डिजिटल मत संकलन अभियान सुरु

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पुनर्गठनसम्बन्धी बहसलाई व्यापक बनाउन भन्दै पार्टीसँग आबद्ध युवाहरूले डिजिटल माध्यमबाट मत संकलन अभियान सुरु गरेका छन्।

अभियानमा संलग्न युवाहरूका अनुसार पार्टीले गठन गरेको पुनर्गठन कार्यदलले सुझाव संकलनका क्रममा सीमित तहका नेताहरूलाई मात्र समेटेकाले सदस्य तथा आम नागरिकको धारणा पनि समावेश गर्ने उद्देश्यले छुट्टै डिजिटल सर्वेक्षण सञ्चालन गरिएको हो।

अभियानको नेतृत्व गरिरहेका गजेन्द्र थपलिया ले पार्टीको भविष्य र संगठनात्मक सुधार नेतृत्व तहको मात्र नभई सदस्यहरूको पनि साझा सरोकारको विषय भएकाले सर्वेक्षणमा पार्टी सदस्यसँगै इच्छुक स्वतन्त्र नागरिकले समेत आफ्नो धारणा व्यक्त गर्न सक्ने बताएका छन्।

यसअघि पार्टीको पुनर्गठन कार्यदलले केन्द्रीय सदस्य, प्रदेश तहका पदाधिकारी, जिल्ला पदाधिकारी तथा जनसंगठनका पदाधिकारीबाट सुझाव संकलन गरेको थियो। उक्त प्रक्रिया पर्याप्त समावेशी नभएको निष्कर्षसहित सुरु गरिएको डिजिटल सर्वेक्षणमा १८ वटा प्रश्न समावेश गरिएको जनाइएको छ।

प्रश्नावलीमा संगठन पुनर्गठनका विभिन्न पक्ष समेटिएका छन्। नेतृत्व कुन तहका कमिटीबाट चयन हुनुपर्ने, समयअघि नै महाधिवेशन आवश्यक छ वा छैन लगायत विषयमा सहभागीको धारणा मागिएको अभियानकर्ताहरूले बताएका छन्।

0 Comments