काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै केही निजी पेट्रोल पम्पहरूले असन्तुष्टि जनाउँदै अस्थायी रूपमा सेवा बन्द गरेका छन्। सेवा अवरुद्ध भएपछि इन्धन भर्न पुगेका उपभोक्ताहरू रित्तै फर्किन बाध्य भएका छन्।
निजी पम्पहरू बन्द हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ भने सञ्चालनमा रहेका सरकारी पम्पहरूमा इन्धन भर्ने उपभोक्ताको चाप बढेको देखिएको छ।
मूल्य समायोजनलाई लिएर निजी पम्प सञ्चालकहरूले असन्तुष्टि जनाएपछि उपभोक्ताले प्रत्यक्ष असर भोग्नुपरेको हो।







