१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलारुसद्वारा २८ राजनीतिक बन्दी रिहा

अ+ अ-

एजेन्सी । बेलारुसले ‘चरमपन्थी अपराध’मा दोषी ठहर गरिएका २८ जनासहित ३२ जनालाई आममाफी दिएको राष्ट्रपति कार्यालयले बुधबार जनाएको छ। बेलारुसमा ‘चरमपन्थी अपराध’ भन्ने शब्दावली प्राय: राजनीतिक गतिविधिमा संलग्न व्यक्तिलाई लक्षित गर्न प्रयोग हुने मानवअधिकार समूहले बताएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार बेलारुसको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आममाफीसम्बन्धी आदेश राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले जारी गरेका हुन् । आममाफी पाउनेमध्ये २० जना महिला र १२ जना पुरुष रहेको जनाइएको छ।

आममाफी पाउने व्यक्तिको विस्तृत सूची भने सार्वजनिक गरिएको छैन।मानवअधिकार समूह ‘भिअस्ना’का अनुसार बेलारुसका जेलमा अझै ८०० भन्दा बढी राजनीतिक बन्दी रहेका छन्। तीमध्ये अधिकांश सन् २०२०मा राष्ट्रपति लुकासेन्कोको विवादित पुनर्निर्वाचनविरुद्ध भएका व्यापक प्रदर्शनका क्रममा पक्राउ परेका थिए।

अमेरिकाले लगाएका प्रतिबन्धमा राहत पाउने उद्देश्यले बेलारुसले पछिल्लो एक वर्षयता सयौँ राजनीतिक बन्दीलाई रिहा गरिसकेको जनाइएको छ। रिहा हुनेमा पत्रकार, विपक्षी राजनीतिज्ञ तथा अधिकारकर्मी रहेको बताइएको छ।

सन् १९९४ देखि सत्तामा रहेका राष्ट्रपति लुकासेन्कोले भने बेलारुसमा राजनीतिक बन्दी रहेको आरोप अस्वीकार गर्दै आएका छन् ।

0 Comments