काठमाडौँ। माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ।
कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान ८:३० बजे शेयर बाँडफाँड गरेको हो ।
कम्पनीको शेयर एक लाख ४२ हजार ७६० जनालाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर परेको छ । कम्पनीले असर ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्कासन गरेको थियो।






