१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रोतमै फोहर छुट्याउने व्यवस्था विस्तार, बञ्चरेडाँडा पठाइने फोहरको मात्रा घट्दै

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडा फोहर व्यवस्थापन केन्द्रमा पुग्ने फोहरको परिमाण कम गर्दै त्यसको दीर्घकालीन उपयोग सुनिश्चित गर्ने उद्देश्यले १० वटा वडामा स्रोतमै फोहर वर्गीकरणको व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

महानगरको वातावरण विभागका प्रमुख सरिता राईका अनुसार फोहर उत्पन्न हुने स्थानमै जैविक र अजैविक फोहर छुट्याएर व्यवस्थापन गर्ने प्रणाली लागू गरिएकाले अन्तिम विसर्जनस्थलमा पुग्ने फोहरको मात्रा घट्न थालेको छ। उनका अनुसार यसले बञ्चरेडाँडा फोहर व्यवस्थापन केन्द्रको उपयोग अवधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हाल महानगरपालिका–१२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा उक्त प्रणाली लागू गरिएको छ। विभागका अनुसार वर्गीकरणको अभ्यास सुरु भएपछि बञ्चरेडाँडामा दैनिक पठाइने फोहर २० ट्रकबाट घटेर १५ ट्रकमा सीमित भएको छ।

महानगरका सात व्यवस्थापन क्षेत्रबाट दैनिक संकलन हुने वर्गीकृत फोहरको व्यवस्थापन सुरु भएपछि करिब ३.१९ मेट्रिक टन फोहर अन्तिम विसर्जनस्थलमा जानबाट रोकिएको विभागले जनाएको छ। राईका अनुसार स्रोतमै वर्गीकरणले ढुवानी व्यवस्थापनलाई सहज बनाउनुका साथै अन्तिम व्यवस्थापनमा पुग्ने फोहरको परिमाण घटाउन मद्दत पुगेको छ।

महानगरपालिकाले घरधुरीबाट निस्कने पुन:प्रयोगयोग्य सुक्खा फोहरलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन तथा बिक्री गर्ने उद्देश्यले पनि सात क्षेत्रमा व्यवस्थापन प्रणाली सञ्चालन गरिरहेको जनाएको छ।

फोहरको मात्रा न्यूनीकरण, पुन:प्रयोग प्रवर्द्धन तथा क्षेत्रगत आधारमा व्यवस्थित विसर्जन सुनिश्चित गर्न महानगरले फोहरमैला संकलन तथा ढुवानीसम्बन्धी कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याएको छ। सो कार्यविधिअनुसार सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रबाट सेवा खरिद वा आय ठेक्का प्रणालीमार्फत समुदाय स्तरमा फोहर संकलन र ढुवानीको व्यवस्था अघि बढाइएको महानगरपालिकाले जनाएको छ।

0 Comments